सैनिक कारबाहीमा परी १९० हुथी विद्रोहीको मृत्यु

-


     मर्दी न्युज    
     २५ मंसिर २०७८ मा प्रकाशित


रियाद । साउदी अरब नेतृत्वको गठबन्धन सेनाको कारबाहीमा परी यमनमा एक दिनमा १९० जनाको हुथी विद्रोहीको मृत्यु भएको छ ।

सैनिक टोलीले गरेको सुरक्षा कारबाहीका क्रममा पछिल्लो २४ घण्टामा उनीहरुको मृत्यु भएको सैन्य अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । गठबन्धन सेनाले विभिन्न ठाउँमा हुथी विद्रोही विरुद्ध ३६ ओटा सैन्य कारबाही चलाएको थियो ।

सुरक्षा कारबाहीका क्रममा सेनाले २० सवारी साधनहरु पनि क्षतीग्रस्त भएको अधिकारीहरुले जनाएका छन् । यमनमा हुथी विद्रोही र गठबन्धन सेनाका बीचमा लामो समयदेखि युद्व चल्दै आएको छ । लामो युद्वका कारण ठूलो जनधनको क्षति