
पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाँउपालिका वडा नं. ८, कालिमाटीमा आज सोमबारको विशेष दिनमा सर्वेश्वर महादेव मन्दिरको शिलान्यास गरिएको छ।
छोटो औपचारिक कार्यक्रमको अध्यक्षता तुलसी प्रसाद सुवेदी ले गरेका थिए भने वडा अध्यक्ष कृष्ण प्रसाद दवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन निर्माण समितिका सचिव तुलसी अधिकारी (आयुष) ले गरेका थिए ।
मंदिर निर्माणका लागि मनकारी ब्यक्ति जग्गादाता चिन्तामणि अधिकारिको उपस्थिति रहेको थियो । कार्यक्रममा विशेष अतिथि समाजशेबि शिब भण्डारि, अतिथीहरु पुर्णभद्र ढुङ्गाना, दिपकराज ढुङ्गाना, निर्मला सुवेदी, पशुपति दाहाल, हिमलाल दाहाल र हरि पौडेल रहेका थिए।
मन्तव्य राख्ने सबै बक्ताहरुले समाजमा आध्यात्मिकता बाट शान्ती र भाइचारा बढ्ने कुरामा बिश्वास गरेका थिए । प्रमुख अतिथि दवाडीले शिलान्यास गर्दै तोकिएको समयमै निर्माणकार्य सम्पन्न हुने बिश्वास गरेका थिए ।