सकियो मत गणना, सभापति चयनका लागि पुनः मतदान हुने

-


     मर्दी न्युज    
     २८ मंसिर २०७८ मा प्रकाशित


काठमाडौँ । नेपाली काँग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ ।

आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् ।

सुरुदेखि नै अग्रता लिए पनि देउवाले २२५८ मत मात्र पाए । उनलाई ८२ मत पुगेन । डाक्टर शेखर कोइरालाले १७४९ मत ल्याएका छन् ।

आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्छ ।