
जाकार्ता । इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नीच्युडको भूकम्प गएको छ ।
देशको फ्लोरेस समुन्द्रनजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् ।
झन्डै एक हजार किलोमिटर टाढादेखि आँधीको सम्भावना रहेको समाचारमा जनाइएको छ । यसअघि गत आइतबार राती पनि मालुकु प्रान्तमा केन्द्रबिन्दु भएर ५.६ म्याग्नीच्युडको भूकम्प आएको थियो ।