
काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सभापति चयनका लागि भएको दोस्रो चरणको मतदानको मतगणना मंगलबार राति साढे ९ बजेपछि हुने भएको छ।
काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केवश रिजालले राति ८ बजे मतदान सकिने अनुमानसहित साढे नौ बजेपछि मतगणना हुने जानकारी दिए ।
मतगणनाको नतिजा बुधबार बिहान १ बजेसम्म आइसक्ने उनले बताए ।
सभापति पदका लागि दोस्रो चरणको मतदान मंगलबार दिउँसो साढे ३ बजेबाट सुरु भएको हो । मतदान अहिले प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा चलिरहेको छ ।