काँग्रेस महामन्त्रीमा थापा र शर्मा विजयी

-


     मर्दी न्युज    
     १ पुस २०७८ मा प्रकाशित


काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

फरक फरक गुटबाट प्रतिनिधित्व गरेका थापा र शर्मा महामन्त्रीमा विजयी भएका हुन् ।

निर्वाचन समितिले केही बेरपछि औपचारिक घोषणा गर्ने जनाएको छ ।

थापा शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए भने शर्माले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएपछि पछि प्रकाशमान सिंहसँग समीकरण गरेका थिए ।