
जापान । जापानको ओसाकास्थित एक भवनमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १४ जना पुरूष र १० जना महिला रहेका छन् ।
ओसाकाको किता वार्डमा रहेको आठतले भवनको चौथो तलामा शुक्रबार बिहान १०ः२० तिर आगलागी भएको थियो । अग्निनियन्त्रकहरूले आगलागी भएको ३० मिनेटमा नियन्त्रण लिएर २७ जनालाई अचेत अवस्थामा उपचारको लागि अस्पताल लगिएको थियो ।
तीन जना गम्भीर घाईतेको उपचार भईरहेको सञ्चार संस्था एनएचकेले जनाएको छ । बहुउद्धेश्यीय उक्त भवनको चौथो तलामा साईकोसोमेटिक मेडिसिन र मनोचिकित्सा क्लिनिक रहेको छ । घटनामा एक ५०र६० वर्षीय पुरूषको संलग्न राहेको बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।