६७ देशबाट आउने यात्रुलाई सात दिन अनिवार्य क्वारेन्टिन

-


     मर्दी न्युज    
     ३ पुस २०७८ मा प्रकाशित


काठमाडौं । कोरोनाको ओमिक्रोन भेरियन्टको जोखिम बढेपछि ६७ देशबाट आउने यात्रुले सात दिन होटेल क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । शुक्रबार साँझ अध्यागमन विभागले ओमिक्रोन भेरियन्टको जोखिम कम गर्न भन्दै ६७ देशबाट आउने यात्रुलाई सात दिन होटेल क्वारेन्टिनमा बस्न भनेको हो ।

मन्त्रिपरिषद्को मंसिर १३ को निर्णय अनुसार जोखिमयुक्त मानिएका देशबाट नेपाल प्रवेश गर्ने यात्रुले सात दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने भन्दै विभागले सूचना जारी गरेको छ । सात दिनपछि कोरोना परीक्षण गराउनुपर्ने छ । नतिजा नेगेटिभ आएमा पनि फेरि सातदिन होम क्वारेन्टिनमा बस्नुपर्ने छ ।

कोरोना पोजिटिभ देखिएमा भने आइसोलेसन सेन्टर वा अस्पताल भर्ना हुनुपर्ने छ ।