
सांकेतिक फोटोः रासस
गण्डकी । (याक्थुङ चुम्लुङ) लिम्बूले सामूहिक रुपमा आफ्नो समुदायको राष्ट्रिय पर्व उधौली पर्व मनाएका छन् । हरेक वर्ष मनाउदै आएका किरात याक्थुङ चुम्लुङ कास्कीले पूजाआजा तथा विविध साँँस्कृतिक कार्यक्रमको आयोजना गर्दै पर्व मनाएका हुन् ।
संस्थाका अध्यक्ष धनबहादुर थेबे लिम्बुले पोखरा रहेका याक्थुङहरु भेला भएर उधौली पर्व मनाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयोे, “यसरी आफ्नो महान् पर्व मनाउन पाउँदा खुशी लागेकोछ ।” उहाँका अनुसार किँरातले उधौली पर्व अन्नवाली छरिसकेपछि मनाउने गर्छन् भने उभौली पर्व अन्नवाली लगाउने समयमा मनाउने गर्दछन् ।
कास्कीमा लिम्बु समाज स्थापना गरेको तीन वर्ष भएको जनाउँदै उहाँले भन्नुभयो “यो चुम्लुङ खोल्नुको उद्देश्य भनेको हाम्रो भाषा, लिपी, संस्कृति र च्याब्रुङ (केलाङ) बाजाको संरक्षण गर्नु अपरिहार्य छ ।” पर्वलाई विशेष बनाउनका लागि विभिन्न नाँचहरु समावेश गरिएको थियो ।
“हामीले यो पर्वमा च्याब्रुङ नाँच नाच्छौँ”, उहाँले भन्नुभयो, “यसमा १९ चराको नक्कल गरेर कथाअनुसार नाँच्ने प्रचलन रहेको छ ।’’ समुदायका अग्रज मदन ईङनाम सुब्बाले हरेक वर्ष मनाउँदै आएको पर्वले पोखरामा छरिएर रहेको लिम्बुलाई एकताबद्ध बनाउन सहयोग पुगेको बताउनुभयो ।