विवेकशील साझा पार्टीबाट मिलन पाण्डे निष्कासित

-


     मर्दी न्युज    
     ६ पुस २०७८ मा प्रकाशित


काठमाडौँ । विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई पार्टीबाट निष्कासन गरेको छ ।

मंगलबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पाण्डेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो ।

पार्टीलाई गम्भीर क्षति पुर्‍याउने गरी बदनियत पूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएको कारण देखाउँदै पाण्डेलाई निष्कासित गरिएको अध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिए ।