‘आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने तयारी’

-


     मर्दी न्युज    
     ७ पुस २०७८ मा प्रकाशित


काभ्रे । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आयोग जुटिरहेको बताएको छ

निर्वाचन आयोगले काभ्रेको धुलिखेलमा आजबाट सुरु भएको ‘निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी पत्रकार महिलाहरुसँग कार्यशाला गोष्ठि’मा बोल्दै थपलियाले अहिलेको जनप्रतिनिधिहरुको पाँच वर्षे अवधि पूरा हुँदै गरेको कारण आगामी २०७९ साल वैशाख २० गते ७५३ वटा नै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा आगोग जुटिरहेको बताएको छ ।

स्थानीय सरकार रिक्त रहने विषय कल्पना समेत गर्न नसकिने र उहाँहरुको अवधि थप गर्ने व्यवस्था अहिलेको मितिसम्म नभएको कारण वैशाखभित्र नै तोकिएको समयमा निर्वाचन गर्नको लागि ताजा जनादेशका साथ समयमा नै जनप्रतिनिधिहरु दिने विषयमा आयोग गम्भीर रहेको उनले बताए ।

थपलियाले बहुदलीय व्यवस्थामा दल महत्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलहरुको दर्ता, नियमन विवाद निरुपणका साथै निर्वाचनका विभिन्न व्यवस्थापन गर्ने क्रममा मतदानस्थल, मतदान केन्द्रहरुको व्यवस्थापनको काम गर्ने भएकाले निर्वाचनलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिताको कार्यान्वयनको काममा केन्द्रित रहेर गर्दै आएको काममध्ये अहिले सञ्चालन भएको गोष्ठी पनि भएको उनले बताए ।