
पोखरा । भाषा, धर्म, संस्कृति र संस्कार संरक्षणका लागि युवा पीढिलाई जिम्मेवार बोध गराउन आवश्यक रहेको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीले बताएका छन ।
तमु प्ये ल्हु संघ वोन लमको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै युवा पीढिलाई दुर्व्यसनबाट जोगाई आफ्नो पहिचानको दायित्व बोध गराउन सके पुस्तहस्तान्तरण हुने बताएको हो ।
‘अहिलेको अवस्थामा सन्ततिलाई दुर्व्यसनबाट जोगाई जिम्मेवार बोध गराउन अति आवश्यक छ’ उनले भने ‘ तब मात्र हाम्रो भाषा, धर्म, संस्कार, संस्कृतिको पुस्तहस्तान्तरण हुन्छ ।’
नेपालमा खुट्टा तान्ने प्रबृति धेरै भएकोले त्यसतर्फ पनि सजग रहन आवश्यक रहेको बताउदै सही यात्रामा डराउनु नपर्ने उनले बताए । तमुको मौलिक पहिचानसँग आफुपनि परिचित रहेकोले संरक्षणको लागि कटिबद्व रहेको बताए ।
गंगाबहादुर लम तमुको अध्यक्षता भएको कार्यक्रममा प्रतिष्ठानकै उपकुलपति गोरे गुरुङ, तमु प्ये ल्हु संघका केन्द्रीय अध्यक्ष हितकाजी टु तमु, पुर्व अध्यक्ष क्या रुपबहादुर गरब्ज तमु, आमा समितिका अध्यक्ष पुष्पा तेल्मे तमुलगायतका वक्ताहरुले महाधिवेशनको सफलताको कामना व्यक्त गरेका थिए ।
महाधिवेशनमा कास्की, लमजुङ, गोरखा र सङ्खुवासभा जिल्लाबाट सहभागिता रहेको छ । यस महाअधिवेशनले नयाँ कार्यसमिति पनि चयन गर्नेछ ।
तमुहरुको तीन खेगी पच्यु, क्ल्हेप्री र वोन लममध्ये वोन लम खेगी एक हो ।
