प्रथम चट्टान आरोहण महोत्सवको भब्यतापुर्वक समापन

-


     मर्दी न्युज    
     ११ पुस २०७८ मा प्रकाशित


तनहुँ । गण्डकी अल्पाइन क्लबको आयोजनामा नेपालमै पहिलोपटक  चट्टान आरोहण महोत्सव(रक क्लाइम्बिङ्ग फेस्टिभल) सम्पन्न भएको छ। तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिका, बिमलनगर स्थित चुनपहरामा चट्टान आरोहणका विभिन्न प्रतिस्पर्धा सहित सम्पन्न भएको छ।

नेपाल पर्यटन बोर्ड तथा बन्दिपुर गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रमका प्रमुख अतिथि  गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री माननीय राजिब गुरुङ, विशेष अतिथि राष्ट्रिय प्राकृतिक श्रोत तथा बित्त आयोगका सदस्य सचिव माननीय जुद्ध बहादुर गुरुङ, अतिथि बन्दिपुर गाउँपालिका अध्यक्ष पूर्णसिंह थापा, आँबुखैरेनी गाउँपालिका अध्यक्ष गिर बहादुर थापा, भानु नगरपालिका उप- प्रमुख आशा थापा, अतिथि सगरमाथाको उचाइ मापनटोलिका टोलि नेता इन्जिनियर खिमलाल गौतम, नेपाल राष्ट्रिय पर्बतिय पथप्रदर्शक संघका उपाध्यक्ष छिरिङ पाँडे भोटे हुनुहुन्थ्यो।

गण्डकी अल्पाइन क्लबका अध्यक्ष नरेन्द्र शाहीको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य संस्थाका सचिव गोबिन्द गुरुङले राख्नुभएको थियो भने कार्यक्रम संचालन पिम्बा तेन्जिङ लामाले गर्नुभएको थियो। 

गण्डकी प्रदेशको पर्वतीय पर्यटनमा दक्ष जनशक्तिको उत्पादन गर्ने उदेश्यले स्थापित गण्डकी अल्पाइन क्लबको यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित मन्त्रीले आफू भाषण नगर्ने तर युवा तथा खेलकुद संबंधित यस्तो कार्यक्रममा सदा सहयोग गर्ने बताउनुभयो।

चट्टान आरोहण प्रतियोगितामा ३८ जना आरोहीहरुले भाग लिएका थिए। पुरुष आरोहीहरु तर्फ प्रथम, द्वितीय र तृतीयमा क्रमश दिपन गुरुङ,सुलभ राई, तेन्जिङ राई हुनुभएको थियो भने महिला तर्फ पन्चमाया तामाङ प्रथम, रुशा प्रधान द्वितीय र सावा सुजिता (जापान) तृतीय हुनुभएको थियो। प्रथम हुने प्रतिस्पर्धीहरु लाई नगद रुपैयाँ पचास हजार पाँचसय सहित पुरस्कृत गरिएको थियो। द्वितीय र तृतीय हुनेहरुलाई क्रमश: बीस हजार र दस हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको थियो। 

साथै एस्ट्रेक क्लाइम्बिङ्ग वाल, काठमाडौंको तर्फबाट प्रथमहुने लाई एक बर्षको निशुल्क क्लाईम्बिङ सदस्यता, द्वितीय हुनेलाई छ महिनाको निशुल्क सदस्यता र तृतीय हुनेलाई तीन महिनाको निशुल्क प्रवेश सदस्यता प्रदान गरेको कार्यक्रम संयोजक अनुप गुरुङले बताउनुभयो।

फोटोहरु: GAC