
कास्की । नेपाल कम्युनिस्ट पार्टी एमाले मजदुर इलाका कमिटीको छैटौं अधिवेशनले क.तुलसी प्रसाद सुबेदीको अध्यक्षतामा २७ सदस्यीय सर्बसम्मत कमिटी चयन गरेको छ। उद्घाटन सत्रका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य भिम कार्की तथा नेकपा एमाले कास्की जिल्ला सचिव दामोदर बैरागीको विशेष उपस्थितिमा भएको कार्यक्रममा शुभकामना दिने बक्ताहरुले नेकपा एमाले किसान मजदुरकै पार्टी भएकोले मजदुरहरु लाई गोलबन्द गर्दै अगाडि बढ्न सुझाव दिनुभयो।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको सभाहल, पृथ्वीचोकमा आज भएको अधिवेशनको निर्वाचन मण्डलका सदस्य बिजय केसिका अनुसार पदाधिकारीहरुमा उपाध्यक्ष क. रेशम बहादुर थापा, सचिव क.पबि गुरुङ, उप-सचिव क. मिलन तिमिल्सिना , सह-सचिव क. हरि भक्त श्रेष्ठ सहित हुनुहुन्छ।
केही सदस्यहरु पछि थप गरेर कमिटीलाई पुर्णता दिइने र शसक्त रूपमा मजदुरका मुद्दाहरु र जनजिविकाका कुराहरू पार्टी भित्र उठाउने नवनिर्वाचित अध्यक्ष सुबेदिले बताउनुभयो।