रौतहटमा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु

-


     मर्दी न्युज    
     १३ पुस २०७८ मा प्रकाशित


रौतहटको गौर-चपुर सडकखण्डको गरूडामा जन्ती बोकेको कार दुर्घटना हुँदा पाँचजनाको मृत्‍यु भएको छ ।

गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर०५पीए ६९५३ नम्बरको उक्त कार गरूडामा दुर्घटना ग्रस्त भएको इलालका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) श्रीराम भण्डारीले जानकारी दिए ।

जिपमा ८ जना सवार भएको बताइएको छ। प्रहरीका अनुसार घाइते ३ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।