
ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन ( टेसा), पोखरा द्वारा यही पौष ७ गते चितवन जिल्लाको कालिका नगरपालिका -११, सैपाममा स्कुले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक रूपमा बिपन्न परिवारलाई हिउँदको कठ्याङ्रीने जाडोमा थोरै भएपनि राहत पुगोस् भन्ने मनशायले न्यानो कपडा बितरण गरिएको कार्यक्रम संयोजक टीका बहादुर लम्सालले बताउनुभयो। नगरपालिका भित्रको पहाडी बस्तीमा रहेको सैपामको आधारभूत विद्यालयका १२० जना चेपाङ विद्यार्थीहरु लाई कपडा वितरण गरिएको हो। त्यसैगरी चितवन जिल्लाकै रन्तनगर नगरपालिकाको मंगलपुरमा के.पि किरण शर्माले संचालन गरेको गामबेसी चेपाङ संरक्षण मञ्चको आश्रममा रहेका १७५ जना चेपाङ बालबालिकाहरु लाई समेत न्यानो कपडा बितरण गर्नुको साथै आश्रम संचालनको लागि आर्थिक सहयोग गरिएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष नारायण प्रसाद सापकोटा, निबर्तमान अध्यक्ष राम गिरि, पुर्व अध्यक्ष तथा सल्लाहकारहरु रामु गौतम, नवराज अधिकारी, सदस्य इन्द्रमान चौहान लगायतको उपस्थिति रहेको थियो।
यस्तो अभियानहरु तथा मानवीय कार्यहरू आगामी दिनमा पनि ल्याइने अध्यक्ष नारायण प्रसाद सापकोटाले बताउनुभयो