तमु ल्होसारको अवसरमा गण्डकीमा सार्वजनिक बिदा

-


     मर्दी न्युज    
     १४ पुस २०७८ मा प्रकाशित


Mardi News

पोखरा । गण्डकी प्रदेश सरकारले तमु ल्होसारको अवसरमा भोलि बिहीjf/ सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेशले राष्ट्रियबाहेक ६ दिन थप बिदा सक्ने अधिकार रहेको छ । त्यसअनुसार गण्डकी प्रदेश सरकारले गत २०७७ चैत १७ गते नै तमु ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । गुरुङ समुदायको तमु ल्होसार यही पुस १५ गते अर्थात् भोलि बिहीबार परेको छ ।

बिहीjfर गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिने कुरा आज सूचना जारी गरेर मुख्यमन्त्रीको कार्यालयले जानकारी गराएको हो ।

गण्डकी प्रदेश सरकारले तमु ल्होसारजस्तै माघे सङ्क्रान्ति, इदलगायत स्थानीय बिदा दिँदै आएको छ ।