आज ‘तमु ल्होसार’ गुरुङ समुदायले मनाउँदै

-


     मर्दी न्युज    
     १५ पुस २०७८ मा प्रकाशित


फाइल तस्विर

पोखरा । गुरुङ समुदायले पुरानो वर्गलाई बिदाइ गरी नयाँ वर्गलाई स्वागत गरेर पुस १५ गते नयाँ वर्ष अर्थात ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

‘ल्हो’ को अर्थ वर्ग, वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउँछन् ।

‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत तमु बाहुल्य भएको ठाउँमा ल्होसार मनाउने गर्दछ । हाल विश्वोभरका तमु समुदायले पुस १५ मा विभिन्न कार्यक्रम गरी यो पर्व मनाउने गरिएको छ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।