
पोखरा । अंग्रेजी नयाँ बर्षको पुर्वसन्ध्यामा पोखराको लेकसाइडमा “सडकमै खाँउ, सडकमै रमाउँ ” भन्ने नारा सहित सुरु भएको २३औं सडक महोत्सवको आज एक कार्यक्रम बिच भब्य शुभारम्भ भएको छ।
लेकसाइडको हल्लनचोक देखि विभिन्न बाजागाजा र सांस्कृतिक झाँकीहरु सहित हिडेर कोमागाने पार्कमा पुगेर औपचारिक कार्यक्रम सहित उदघाटन गरिएको थियो। महोत्सव लाई हेर्न तथा मनोरञ्जनको लागि देशभर बाट हजारौं मानिसहरु पोखरा आएकोले यहाँ स्थित होटलहरु खचाखच भएका छन र ब्यबसाय चलायमान भएकोले ब्यबसायिहरु उत्साहित भएका छन।
तीन दिन सम्म चल्ने महोत्सवमा विभिन्न मैत्रीपुर्ण खेलकुद प्रतियोगिता, लाइभ म्युजिक, कन्सर्ट, सांस्कृतिक कार्यक्रमहरु हुने सडक महोत्सव संयोजक नरेश बहादुर भट्टराईले बताउनुभयो।
कार्यक्रमका प्रमुख अतिथि संघिय सरकारका गृहमन्त्री माननीय बालकृष्ण खाँडले पोखरा जस्तो सुन्दर शहरमा हुँदै गरेको सडक महोत्सवको सफलताको शुभकामना दिदै प्रहरी ब्यबसायी मैत्री हुनुपर्ने बताउनुभयो। आबस्यक परेमा लेकसाइडको रेस्टुरेन्टहरु चौबीसै घन्टा खोल्ने ब्यबस्था मिलाउन आफू तयार रहेको बताउनुभयो। जनताको समस्याहरु प्रती आफू संबेदनसिल रहेकोमा उहाँले जोड दिनुभयो।
कार्यक्रमको सभापतित्व रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, नेपाल (रेबान), पोखराका अध्यक्ष लक्ष्मण बरालले गर्नुभएको थियो भने कार्यक्रम संचालन महासचिव बिकाश भट्टराईले गर्नुभएको थियो।