ललिता निवास जग्गा प्रकरण : १२० जना विरुद्ध पक्राउ पुर्जी

-


     मर्दी न्युज    
     १६ पुस २०७८ मा प्रकाशित


काठमाडौं । ललिता निवास जग्गा हिनामिना गरेको अभियोगमा काठमाडौँ जिल्ला अदालतले १२० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गत आइतबार यता पहिलो पटक ७७ जना, त्यसपछि ४५ जना र आज आठ जना विरुद्ध पक्राउ पूर्जी जारी गरिएको उक्त अदालतका श्रेस्तेदार घनेन्द्र इटेनीले राससलाई जानकारी दिए ।

सरकारी जग्गा हिनामिना प्रकरणमा उच्च पदस्थ कर्मचारी, भूमाफिया तथा व्यापारीसमेत जोडिएका थिए । सो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको छ ।