
पोखरा । महोत्सवको पनि महोत्सव पोखरा सडक महोत्सवको २३औं संस्करणको उपलक्ष्यमा आयोजित विभिन्न मनोरञ्जनात्मक कार्यक्रम र इभेन्टसहरु मध्ये मैत्रीपुर्ण भलिबल प्रतियोगिताको उपाधी रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराले जितेको छ।
पोखरामा कृयाशिल पर्यटन सम्बद्ध संघसंस्थाको बीचमा मेलमिलाप र भाईचारा बढाउने र महोत्सवमा थप आकर्षण पनि बढ्ने भएकोले भलिबल खेल राखिएको महोत्सवका संयोजक नरेश बहादुर भट्टराईले बताउनुभयो। १० टिमले भाग लिएको उक्त मैत्रीपुर्ण प्रतियोगिताको आज पौष १७ गते सम्पन्न फाइनल खेलमा रेबान पोखरा र पोखरेली ट्याक्सि प्रा लि पुगेका थिए।

फाइनल खेलमा रेबान पोखराले २५- १८ र २५-२१ को सोझो सेटमा जितेको थियो। खेलको समाप्ति पछि भएको छोटो औपचारिक कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष जगत बहादुर पहारीले प्रथम हुने रेबान पोखरालाई खसी तथा द्वितीय हुने पोखरेली ट्याक्सी प्रा लि लाई बोका पुरस्कार प्रदान गर्नुभएको थियो।