चारभाइद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

-


     मर्दी न्युज    
     १७ पुस २०७८ मा प्रकाशित


पोखरा । चारभाइ युवा क्लबले अनाथ बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । पोखरा १३ कमलपोखरीस्थित नागाजुना स्कुलका अनाथ बालबालिकाहरुलाई न्यानो कपडा विरतण गरेको हो ।

विद्यालयमा पढ्ने ११० जना अनाथ विद्यार्थीहरुलाई चारभाइ युबा क्लब नयाँगाउँ १५ पोखराका अध्यक्ष कृष्ण गुरुङ मार्फत ट्य्राकसुट वितरण गरिएको हो ।

कपडा वितरण कार्यक्रममा क्लबका उपाध्यक्ष सुरेश गुरुङ, कोषाध्यक्ष सोम गुरुङ, सचिब मोतिमाया थापा, सदस्यहरू विष्णु गरुङ, विकास गुरुङ, अनु राना र मनु राना सहभागी थिए ।

कपडा वितरणपछि बोल्दै अध्यक्ष गुरूङले समाजमा केही गर्नु पर्छ भन्ने उद्देश्यले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको बताए ।