प्रतिनिधि सभाको बैठक स्थगित

-


     मर्दी न्युज    
     १८ पुस २०७८ मा प्रकाशित


Sabhamukh - Sansad

काठमाडौं । आज दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रले महाधिवेशन जारी रहेकाले बैठक स्थगित गरिदिन आग्रह गरेकाले प्रतिनिधि सभा बैठक स्थगित गरिएको स्रोतले बतायो ।

नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तरगत नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो २ बजेदेखि उमेदवारको मनोनयन दर्ता प्रक्रिया अघि बढाइएको छ ।