
पाल्पा । बुटवलबाट शव लिएर गुल्मीको रिडी जाँदै गरेको बस पाल्पाको लघुवामा दुर्घटना भएको छ । लु२ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ७ जनाको घटनास्थलमा मृत्यु र ८ जना घाइते भएको प्रहरीले जनाएको छ।
उद्धारको काम भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी परिचालन भएर उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।