
कास्की । पोखरामा रहेका कृयाशिल महिला पर्यटन ब्यबसायीहरु को संस्था ओटेफ ले आफ्ना सदस्यहरु बीच आत्मियता र सद्भाव बढाउने तथा सुखदुःखको कुराकानी गर्ने अबसर जुटाउनको लागि आज पौष १९ गते रमाइलो बनभोज कार्यक्रम राखेको छ।
पोखरा महानगरपालिका वडा नं १८ को राष्ट्रिय बिभुती पार्क नजिकै जामुनवोटमा गरिएको बनभोज कार्यक्रममा संस्थाका ८५ जना सदस्यहरुको उपस्थिति रहेको संयोजक सुशीला अधिकारी सिग्देलले बताउनुभयो।
२०७४ साल साउन २९ गते स्थापना भएको उक्त संस्थामा २२५ जना महिला पर्यटन ब्यबसायिहरु सदस्य रहेको अध्यक्ष पार्वती पाण्डेले बताउनुभयो। पोखरामा रहेका सम्पुर्ण पर्यटन सम्बद्घ संघसंस्थाका अध्यक्षहरुको बिशेष उपस्थित रहेको बनभोज कार्यक्रममा नृत्य, म्युजिकल चेयर जस्ता मनोरञ्जनपुर्ण कार्यक्रम सहित सम्पन्न भएको छ।