
सन थापा,
जापान, २० पुस (जनवरी ४) । जापानमा मंगलबार १ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।
तीन महिनापछि सबैभन्दा बढी संख्यामा संक्रमित भएको हो । गत अक्टोबर ६ मा १ हजार १ सय २५ जना संक्रमित भएकोमा त्यसपछि घट्दै आएको थियो । ४७ प्रान्त मध्ये सबैभन्दा बढी ओकिनावामा २ सय २५ जना, टोकियोमा १ सय ५१, ओसाकामा १ सय २४ र हिरोसीमामा संक्रमित भए भने सात प्रान्तमा संक्रमण शून्य रह्यो ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १७ लाख ३७ हजार ३ सय ८७ जना पुगेको छ । त्यस्तै त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय नौजना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । संक्रमितमध्ये ५४ जनाको अवस्था गम्भीर रहेको छ भने ३ हजार ७ सय ९२ जनाको उपचार भइरहेको छ ।
१७ लाख १३ हजार ३ सय ९५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
मंगलबारसम्म १० करोड ११ लाख ९९ हजार ६ सय ९५ जना(७९.९%)ले पहिलो डोज, ९ करोड ९४ लाख २३ हजार ५ सय २५ जना(७८.५%)ले दोस्रो डोज र ६ लाख ३६ हजार २ सय ४२ जना(०.५%) ले तेस्रो डोज खोप लगाएका छन् ।