
काठमाडौं । प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक स्थगित भएको छ ।
संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारका लागि निर्धारित बैठक स्थगित गरेको हो ।
संघीय संसदको महासचिव डा. भरतराज गौतमले एक सूचना जारी गरी पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने जानकारी दिए ।
यसअघि पुस १८ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक नेकपा माओवादी केन्द्रले आफ्नो महाधिवेशन नसकिएको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि बोलाइएको थियो ।