जापानमा फेरि बढ्यो कोरोना संक्रमण, बुधबार २६३८ जना संक्रमित

-


     सन थापा    
     २२ पुस २०७८ मा प्रकाशित


जापान । जापानमा बुधबार २ हजार ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।

गतवर्ष सेप्टेम्बर २६ तारिख पछिको धेरै जना संक्रमित भएको हो । ४७ प्रान्त मध्ये सबैभन्दा बढी ओकिनावामा ६ सय २३ जना, टोकियोमा ३ सय ९०, ओसाकामा २ सय ४४ र हिरोसीमामा १ सय ३८ र यामागुचीमा १ सय चारजना संक्रमित भए भने आकिता र तोयामा प्रान्तमा संक्रमण शून्य रह्यो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १७ लाख ७४ हजार २२ जना पुगेको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय १० जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

संक्रमितमध्ये ६० जनाको अवस्था गम्भीर रहेको छ भने ४ हजार ६ सय २८ जनाको उपचार भइरहेको छ ।

१७ लाख १३ हजार ६ सय १३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।