पोखरामा गुड्दै गरेको नगर बस भासिएपछि

-


     मर्दी न्युज    
     २२ पुस २०७८ मा प्रकाशित


पोखरा । पोखरामा गुडिरहेको नगर बस सडकमा भासिएको छ । बगरदेखि महेन्द्रपुलतर्फ आउँदै गरेको ग १ ख ६४५४ नम्बरको माइक्रोबस पोखरा ३ नदिपुरमा गुडिरहेको बसको टायर भासिएपछि यात्रुहरु अत्तालिएका थिए ।

केही दिन अगाडी मात्रै पोखरा महानगरपालिकाले उक्त स्थानमा पिच गरेको थियो । गत बर्खायाममा पनि पोखराको मुख्य बजार महेन्द्रपुलमा सडक किनारको पेटी भासिएको थियो ।

कमजोर भूधरातलका कारण पोखराका विभिन्न भाग यसैगरी भासिने गरेका छन् ।