जापानमा कोरोना संक्रमणको रफ्तार बढ्दै, विहीबार ४४७५ जना थपिए

-


     सन थापा    
     २२ पुस २०७८ मा प्रकाशित


जापान, २२ पुस (जनवरी ६) । जापानमा विहीबार ४ हजार ४ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ । संक्रमणको रफ्तार बढ्दै गएपछि सरकारले ओकिनावा, हिरोसीमा र यामागुची प्रान्त अर्धआपतकाल जारी गर्ने बारे शुक्रबार निर्णय गरिने सञ्चार संस्था एनएचकेले जनाएको छ ।

गतवर्ष सेप्टेम्बर १८ मा ४ हजार ७ सय जना संक्रमित भएका थिए, त्यसपछिको धेरै संख्यामा संक्रमित भएको हो । ४७ ओटै प्रान्तमा संक्रमित थपिएकोमा १० प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी ओकिनावामा ९ सय ८१ जना, टोकियोमा ६ सय २१, ओसाकामा ५ सय पाँच, हिरोसीमामा २ सय ७३, यामागुचीमा १ सय ८१, आइचीमा १ सय ५९, खानागावामा, १ सय ५२, साईतामामा १ सय ५०, क्योतोमा १ सय २१, चिबामा १ सय ११ र ह्योगोमा १ सय छ जना संक्रमित थपिए । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १७ लाख ४४ हजार ४ सय ९४ जना पुगेको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय ११ जना पुगेको छ । संक्रमितमध्ये ६४ जनाको अवस्था गम्भीर रहेको छ भने ६ हजार ६ सय १९ जनाको उपचार भइरहेको छ ।

१७ लाख १३ हजार ८ सय ४७ जना कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार ४३ हजार १ सय २३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।
मंगलबारसम्म १० करोड ११ लाख ९९ हजार ६ सय ९५ जना(७९.९%)ले पहिलो डोज, ९ करोड ९४ लाख २३ हजार ५ सय २५ जना(७८.५%)ले दोस्रो डोज र ६ लाख ३६ हजार २ सय ४२ जना(०.५%) ले तेस्रो डोज खोप लगाएका छन् ।

मंगलबार ४३ हजार १ सय २३ जनाको पिसीआर परीक्षण गरिएको थियो ।