
काठमाडौं । नेपाल प्रहरीका २६ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरूवा भएको छ ।
बुधबारको मन्त्रीस्तरीय निर्णयबाट एसएसपीहरुको सरूवा गरिएको हो।
गृह मन्त्रालयका अनुसार साविक अपराध महाशाखामा वसन्तबहादुर कुँवर आइपुगेका छन्। यसअघि महाशाखामा रहेका चन्द्रकुबेर खापुङ भने प्रहरी प्रधान कार्यालयमा पुगेका छन्।
त्यसैगरी ट्राफिक प्रमुखमा उमेशराज जोशी आइपुगेका छन्। यसअघिका ट्राफिक प्रमुख जनक भट्टराई लुम्बिनी प्रदेश कार्यालय रुपन्देही पुगेका छन्।



