एमाले जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले काठमाडौंबाट भर्चुअलरुपमा उद्घाटन गर्ने

-


     मर्दी न्युज    
     २३ पुस २०७८ मा प्रकाशित


पोखरा । नेकपा एमालेले आज जिल्ला अधिवेशन गर्दैछ । हिमाली जिल्ला र आन्तरिक विवादमा परेका १६ जिल्ला बाहेकमा आज अधिवेशन हुन लागेको हो । स्थगित गरिएका जिल्लाका अधिवेशन पछि गरिने नेकपा एमालेले जनाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयको एक्सन रुमबाट भर्चुअल रुपमा जिल्ला अधिवेशनको उदघाटन एकसाथ गर्ने नेकपा एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

एमालेले जिल्ला अधिवेशनका लागि सम्बन्धित कमिटीलाई परिचालन गरेको छ । ती जिल्लाबाट केन्द्रीय नेतृत्वमा पुगेका नेता तथा तोकिएका जिल्ला इञ्चार्जहरू जिल्ला-जिल्लमा केही दिनदेखि नै खटिएका छन् ।