नेपालमा थप २४ जनामा ओमिक्रोन सङ्क्रमण पुष्टि

-


     मर्दी न्युज    
     २३ पुस २०७८ मा प्रकाशित


काठमाडौँ । नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो ।

पुस महिनामा सङ्कलित कोरोना भाइरसका ११४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २५० वटामा एस जिन नेगेटिभ आएको थियो । 

एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको प्रवक्ता डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।