
दाङ । नेकपा एमाले दाङको अध्यक्षमा हुकुम बस्नेत निर्विरोध निर्वाचित भएका छन् ।
१३औं जिल्ला अधिवेशनले बस्नेतलाई सर्वसम्मत चयन गरेको हो । अध्यक्षको दाबी गरेका अर्का पुराना नेता शिवकुमार आचार्यले आफ्नो दाबी छाडेपछि बस्नेत निर्विरोध अध्यक्ष चयन भएका हुन् ।
एमालेको शुक्रबार रातिसम्म जारी बन्दसत्रबाट नेतृत्वको घोषणा गरिएको थियो ।
जिल्ला कमिटी उपाध्यक्षमा राममणि पाण्डे चयन, सचिवमा मनोहर बुढाथोकी, उप–सचिवमा कृष्ण भुसाल र हिरादेवि पुनसहित १२१ सदस्यीय जिल्ला कमिटी गठन भएको छ । अधिवेशनमा एक हजार ६०० प्रतिनिधि सहभागी थिए ।
पाल्पा अध्यक्षमा घिमिरे
यस्तै एमाले पाल्पाको जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन भएको छ । अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।