जापानमा कोरोना संक्रमण झनै बढ्यो, शनिबार ८४८० जनामा पुष्टि

-


     सन थापा    
     २४ पुस २०७८ मा प्रकाशित


जापान, २४ पुस (जनवरी ८) । जापानमा शनिबार ८ हजार ४ सय ८० जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै दुईजनाको मृत्यु भएको छ । गतवर्ष सेप्टेम्बर ११ पछिको धेरै संख्यामा संक्रमित भएको हो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १७ लाख ५९ हजार १ सय ७४ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय १४ जना पुगेको छ ।

४७ ओटै प्रान्तमा संक्रमण थपिएकोमा १६ प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी ओकिनावामा १ हजार ७ सय ५९, टोकियोमा १ हजार २ सय २४, ओसाकामा ८ सय ९१, हिरोसीमामा ५ सय ४७, खानागावामा ३ सय ५४, साईतामामा ३ सय ३२, यामागुचीमा १ सय ८०, आइचीमा ३ सय ९८, क्योतोमा १ सय ६०, चिबामा २ सय ३९ र ह्योगोमा २ सय ४६ जना र फुकुओकामा २ सय २९ संक्रमित थपिए । संक्रमितमध्ये ८९ जनाको अवस्था गम्भीर रहेको छ भने १५ हजार १ सय ४९ जनाको उपचार भइरहेको छ ।

१७ लाख १४ हजार ६ सय १२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार ४९ हजार ५ सय पाँचजनाको पिसीआर परीक्षण गरिएको थियो ।