हिमाली भू-भागका धेरै स्थानहरूमा हिमपातको सम्भावना

-


     मर्दी न्युज    
     २५ पुस २०७८ मा प्रकाशित


फाइल तस्विर

पोखरा । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भेगमा बदली हुनका साथै हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले प्रदेश नं १ तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रहि बाँकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रहेको छ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखी सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको र बाँकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन /चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा देशभर आंशिकदेखि स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोखिन आवश्यक सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।