जापानमा आईतबार ८२४९ जना कोरोना संक्रमित

-


     सन थापा    
     २५ पुस २०७८ मा प्रकाशित


जापान, २५ पुस (जनवरी ९) । जापानमा आईतबार ८ हजार २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै एक जनाको मृत्यु भएको छ । गतवर्ष सेप्टेम्बर ११ पछिको धेरै संख्यामा संक्रमित भएको हो ।

योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १७ लाख ६७ हजार ४ सय १६ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय १५ जना पुगेको छ । ४७ ओटै प्रान्तमा संक्रमण थपिएकोमा १६ प्रान्त १ सय भन्दा बढी संक्रमित भए ।

सबैभन्दा बढी ओकिनावामा १ हजार ५ सय ३३, टोकियोमा १ हजार २ सय २३, ओसाकामा ८ सय ८०, हिरोसीमामा ६ सय १९, खानागावामा ४ सय ४३, साईतामामा ४ सय एक, यामागुचीमा १ सय ८०, आइचीमा ३ सय ६८, क्योतोमा २ सय १५, चिबामा २ सय ५२ र ह्योगोमा २ सय दुई र फुकुओकामा २ सय ११ जना संक्रमित थपिए । संक्रमितमध्ये ९० जनाको अवस्था गम्भीर रहेको छ भने २२ हजार ५१ जनाको उपचार भइरहेको छ ।

१७ लाख १५ हजार ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।