आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय

-


     मर्दी न्युज    
     २५ पुस २०७८ मा प्रकाशित


फाइल तस्विर

काठमाडौँ । कोरोनाभाइरसका संक्रमण बढ्दै गएपछि सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए ।

प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो । त्यस्तै कोरोनाविरुद्धको खोप अभियानलाई तीब्र पार्नसमेत निर्देशन दिइएको थियो ।