
फाइल तस्विर
कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस गरेको छ । कोरोना महामारी तीव्र रुपमा फैलिदै गएपछि सीसीएमसीसीले २५ जना भन्दा बढीलाई भेला हुन नदिन गृह मन्त्रालयलाई सिफारिस गरेको छ । त्यस्तै राजनीतिक दलहरुलाई ठूला भेला–कार्यक्रम नगर्न र विभिन्न संघसंस्थालाई मेला, महोत्सवलगायत भीड हुने कार्यक्रम नगर्न पनि आव्हान गरिएको छ । यसअघि नै पूर्वनिर्धारित कार्यक्रम भए स्थानीय प्रशासनको अनुमतिमा मात्रै कार्यक्रम गर्ने व्यवस्था गर्न पनि गृहमन्त्रालयलाई सिफारिस गरिएको छ ।
सीसीएमसीसीले स्वास्थ्य मन्त्रालयलाई छिटो औषधि खरिद गर्न सिफारिस गरेको छ । बैठकले गरेको सिफारिसको पहिलो बुँदामा औषधि खरिदलाई प्राथमिकता दिएको छ ।
त्यसैगरी सार्वजनिक स्थलमा माघ ७ गतेदेखि कोभिड कार्ड अनिवार्य गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको छ । सँगै देशभरका आधारभूत र माद्यामिक विद्यालय माघ १५ गतेदेखि बिदा दिन शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ । सीसीएमसीसीले विद्यालय बन्द गर्ने सिफारिस गरे पनि यसको निर्णय नेपाल सरकारले गर्नेछ ।
सीसीएमसीसीको बैठकले गरेका १३ सिफारिसः

