पछिल्लो २४ घण्टामा थप १४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु

-


     मर्दी न्युज    
     २६ पुस २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४४६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षणमा १ हजार ३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जना गरी १ हजार ४४६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने २५५ जना संक्रमणमुक्त भएका छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख ३१ हजार ४५० पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ६०६ पुगेको छ भने ८ लाख १४ हजार ४८५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ जना रहेका छन् ।