प्रतिनिधिसभा बैठक माघ ३ गतेका लागि सारियो

-


     मर्दी न्युज    
     २६ पुस २०७८ मा प्रकाशित


काठमाडौं । प्रतिनिधिसभा संसद्को बैठकको मिति माघ ३ गतेको लागि सरेको छ । सङ्घीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार एक विज्ञप्ति जारी गर्दै यसअघि पुस २८ गते बुधबार दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश माघ ३ गते सोमबार दिउँसो १ बजे बस्ने जानकारी गराएका हुन्।

यसअघि पनि बैठक बस्दै नबसी स्थगित पुस २८ गतेका लागि सारिएको थियो। त्यसअघि पनि माओवादी केन्द्रको महाधिवेशन चलिरहेको भन्दै स्थगित गर्न माग गरेपछि पुस २२ गतेका लागि सारिएको थियो ।