पर्वतीय पथप्रदर्शक संघ, नेपाल (मोगान) को अन्तर्कृया कार्यक्रम सम्पन्न

-


     मर्दी न्युज    
     २६ पुस २०७८ मा प्रकाशित


फोटोः रामकाजी तिवारी

काठमाण्डौं । पर्बतिय पथप्रदर्शक (माउन्टेन गाइड) हरुको हक,हित र अधिकारको लागि स्थापित पर्वतीय पथप्रदर्शक संघ, नेपाल (मोगान) ले आज मिति २०७८ पुस २६ गतेका दिन पर्वतीय पथप्रदर्शक (माउन्टेन गाइड) हरूको परिचयपत्र विवादको समस्याहरू विषयमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल पर्यटन बोर्डको सभाहल भृकुटीमण्डपमा सम्पन्न कार्यक्रममा सरोकारवाला पर्यटन विभाग, ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), एक्सपिडिसन अपरेटर एसोसिएसन, सगरमाथा आरोही संघ, नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ, पर्यटन क्षेत्रमा क्रियासिल ट्रेड युनियनहरू पर्वतीय पथप्रदर्शक संघ नेपाल (मोगान) र पर्वतीय पथप्रदर्शकहरूका बीचमा भएको हो ।

पर्यटन बिभागका निर्देशक सुर्य प्रसाद उपाध्याय प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व मोगानका अध्यक्ष संजिब गुरुङले गरेका थिए भने कार्यक्रमको संचालन मोगानका महासचिव रामकाजी तिवारी (प्रयास) ले गरेका थिए । माउन्टेन गाइडहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले परिचयपत्र संबन्धीको बिबाद मिल्नुपर्नेमा जोड दिएका थिए भने प्रमुख अतिथिले यथाशक्य छिटो समस्याको समाधान गर्नको लागी आफू गंभिर रहेको बताए ।