थप २ हजार ४४४ जनामा कोरोना सङ्क्रमण, ३१३ जना सङ्क्रमणमुक्त

-


     मर्दी न्युज    
     २७ पुस २०७८ मा प्रकाशित


पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४४ जना कोरोना सङ्क्रमित पुष्टि भएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरिएको १५ हजार ३३ परीक्षणमा २ हजार ४४४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३१३ जना रहेको छ । यस्तै सोही अवधिमा १ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या ९ हजार ५२२ पुगेको छ ।