थप ३०७५ मा कोरोना संक्रमण पुष्टि

-


     मर्दी न्युज    
     २८ पुस २०७८ मा प्रकाशित


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३०७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १३ हजार ३६ वटा नमुना परीक्षणमा ३०७५ मा सङ्क्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । त्यस्तै २७८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ११ हजार ६९० पुगेको छ ।