
जापान, २८ पुस (जनवरी १२) । जापानमा बुधबार १३ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै पाँच जनाको मृत्यु भएको छ ।
गतवर्ष सेप्टेम्बर ९ पछि १० हजार भन्दा बढीचसंख्यामा संक्रमित भएको हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १७ लाख ९३ हजार २ सय ८५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय २४ जना पुगेको छ । ४७ प्रान्त मध्ये २५ प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा २ हजार १ सय ९८, ओसाकामा १ हजार ७ सय ११, ओकिनावामा १ हजार ६ सय ४४, आइचीमा ७ सय २३, हिरोसीमामा ६ सय ५२, खानागावामा ५ सय ४८, साईतामामा ५ सय ४७, ह्योगोमा ५ सय १२, चिबामा ४ सय ६५, क्योतोमा ४ सय १२ र फुकुओकामा ४ सय आठजना संक्रमित थपिए । संक्रमितमध्ये १ सय पाँच जनाको अवस्था गम्भीर रहेको छ भने २२ हजार ५१ जनाको उपचार भइरहेको छ ।
१७ लाख १७ हजार ५ सय ८७ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोमबार २५ हजार ७९ जनाको पिसीआर परीक्षण गरिएको थियो।
यसैबिच जापानले नव प्रवेशी विदेशी आगमनमा लगाएको प्रतिबन्धलाई फेब्रुवरी अन्त्यसम्म लम्ब्याउने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री फुमियो किशिदाले कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमणको फैलावटलाई रोक्ने उद्धेश्यले प्रतिबन्ध लम्ब्याउने निर्णय गरिएको बताए ।