
जापान, पुस २९ (जनवरी १३) । जापानमा बिहीबार १८ हजार ६ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै चार जनाको मृत्यु भएको छ ।
गतवर्ष सेप्टेम्बर २ पछि धेरै संख्यामा संक्रमित भएको हो । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख १२ हजार १ सय ३२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय २८ जना पुगेको छ । ४७ प्रान्त मध्ये ३२ प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ३ हजार १ सय २४, ओसाकामा २ हजार ४ सय ५२, ओकिनावामा १ हजार ८ सय १७, आइचीमा १ हजार ३६, ह्योगोमा ९ सय चार, खानागावामा ८ सय ४२, साईतामामा ८ सय ८६, हिरोसीमामा ८ सय पाँच, र फुकुओकामा ६ सय ९९, चिबामा ६ सय ३३ र क्योतोमा ५ सय ६६ जना संक्रमित थपिए । संक्रमितमध्ये १ सय पाँच जनाको अवस्था गम्भीर रहेको छ भने ५० हजार २ सय ७१ जनाको उपचार भइरहेको छ ।
१७ लाख १८ हजार ८ सय २४ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोमबार ७१ हजार ३ सय ६० जनाको पिसीआर परीक्षण गरिएको थियो।