
काठमाडौँ । निर्वाचन आयोगको आह्वानमा स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलिय बैठक बस्दै छ । बैठक ११ बजेका लागि बोलाइएको छ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ ।
पौडेलका अनुसार सङ्घीय संसद्, प्रदेश संसद् र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।
१२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदै छ । स्थानीय तहमा पहिलो कार्यकाल पूरा हुन लागेपछि आयोगले निर्वाचनको तयारी थालेको छ । निर्वाचन अगाडि मतदाता नामावली सङ्कलनलगायतका विषयमा आयोगले छलफल गर्न लागेको हो ।