
काठमाडौँ । स्थानीय तहको आगामी निर्वाचनलगायतका विषयमा छलफल गर्न निर्वाचन आयोगले आज बोलाएको सर्वदलीय बैठक आयोग कार्यालय कान्तिपथमा सुरु भएको छ ।
बैठकमा विभिन्न दलको प्रतिनिधित्व गर्दै नेताहरू पुगेका छन् । बैठकमा एमालेको प्रतिनिधित्व गर्दै नेताहरू विष्णु रिमाल, निरज आचार्य र भीष्म अधिकारी पुगेका छन् ।
त्यस्तै नेपाली काँग्रेसबाट रमेश लेखकलगायत नेताहरू आयोगमा पुगेका छन् । नेकपा (माओवादी केन्द्र) बाट लीलामणि पोखरेललगायतका नेता छन् ।
नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीलगायतका दलबाट भने प्रतिनिधि आउन बाँकी रहेको छ । नेपाल मजदुर किसान पार्टीको प्रतिनिधित्व गर्दै प्रेम सुवाल बैठकमा गएका छन् । नेपाली जनता दलबाट हरिचरण साह, नेपाल सङ्घीय समाजवादी दलबाट मोहम्मद रिजवान अन्सारीलगायत आयोग पुगेका छन् ।
सम्बन्धित समाचार : स्थानीय तहको निर्वाचनबारे छलफल गर्न आज सर्वदलीय बैठक