
जापान, ३० पुस (जनवरी १४) । जापानमा शुक्रबार २२ हजार ४५ जनामा कोरोना संक्रमण पुष्टि हुनुका साथै नौ जनाको मृत्यु भएको छ । गतवर्ष सेप्टेम्बर १ पछि धेरै संख्यामा संक्रमित भएको हो ।
योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ यात्रु सहित जापानमा हालसम्म कोरोना संक्रमितको संख्या १८ लाख ३४ हजार ३ सय ५२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ । त्यस्तै प्रिन्सेस क्रुजका १३ जना सहित मृत्यु हुनेको संख्या १८ हजार ४ सय ३७ जना पुगेको छ । ४७ प्रान्त मध्ये ३१प्रान्त १ सय भन्दा बढी संक्रमित भए । सबैभन्दा बढी टोकियोमा ४ हजार ५१, ओसाकामा २ हजार ८ सय ५२, ओकिनावामा १ हजार ५ सय ९६, आइचीमा १ हजार ३ सय १७, खानागावामा १ हजार १ सय १५, साईतामामा ९ सय ५५, हिरोसीमामा ९ सय ९७, ह्योगोमा ९ सय २९, फुकुओकामा ८ सय , चिबामा ९ सय १६, क्योतोमा ६ सय ७१ र होक्काईदोमा ४ सय ६७ जना संक्रमित थपिए ।
संक्रमितमध्ये २ सय २१ जनाको अवस्था गम्भीर रहेको छ भने ६४ हजार ६ सय पाँच जनाको उपचार भइरहेको छ ।
१७ लाख २१ हजार ९० जना कोरोना संक्रमण मुक्त भएका छन् । बुधबार ८१ हजार २९ जनाको पिसीआर परीक्षण गरिएको थियो।