
पोखरा । पोखरामा रहेको अग्रणी पर्यटन ब्यबसायीहरुको संस्था नेपाल पर्यटक यातायात ब्यबसायी संघले चालक तथा सह-चालकहरु लाई दुईदिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।
नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेशको सभाहल ड्यामसाईड, पोखरामा सुरुभएको प्रशिक्षणमा महिन्द्रा एन्ड महिन्द्रा कम्पनीका प्रतिनिधि ले गाडीहरूको पार्ट्पुर्जा बारेमा प्राबिधिक प्रशिक्षण तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रतिनिधिले ट्राफिक नियमको बारेमा प्रशिक्षण दिने कार्यक्रम संयोजक दुर्गादत्त दाहालले मर्दी न्युजलाई बताउनुभयो।
छोटो औपचारिक कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै पोखरा पर्यटन परिषदका अध्यक्ष गोपि बहादुर भट्टराईले एयरपोर्ट बाट झर्ने बित्तिकै र पुन एयरपोर्ट पुगिन्जेल सम्म पर्यटकहरु चालक र सह-चालकहरुको साथमा रहने हुनाले आतिथ्यताको बारेमा ध्यान दिनुपर्ने बताउनुभयो।
एनटिभिएका अध्यक्ष बाबुराम पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको संचालन महासचिव सुरेश दाहाल तथा स्वागत मन्तव्य दुर्गादत्त दाहालले राख्नुभएको थियो।